Rule 21
अनुमतिपत्र लिनु पर्ने
(१) कुनै व्यक्तिले संरक्षण क्षेत्रभित्रको सरकारी स्वामित्वको जग्गामा व्यवसायिक वा अन्य कुनै काम गर्दा प्राकृतिक श्रोत प्रयोग गरी वा सो क्षेत्रको प्राकृतिक श्रोतमा असर पर्ने गरी निजी स्वामित्वको जग्गामा व्यावसायिक काम शुरू गर्नु भन्दा पहिले प्रमुखले तोकिदिएको दस्तूर तिरी प्रमुखबाट अनुसूची -५ बमोजिमको अनुमतिपत्र लिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रमुखले अनुमतिपत्र दिंदा आवश्यक शर्तहरू तोक्न सक्नेछ र ती शर्तहरूको पालना नगरेमा वा गर्न नसकेमा प्रमुखले उक्त अनुमतिपत्र रद्द गरी काम बन्द गर्ने आदेश दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको कुनै काम गर्ने अनुमतिपत्र दिंदा स्थानीय उपभोक्ताहरूलाई प्राथमिकता दिनु पर्नेछ ।